
पोखरा । चलचित्र पत्रकार संघ नेपाल कास्कीको छैठौं अधिवेशनले सन्तोष बस्याल लाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा गौरव त्रिपाठी, सचिवमा सुरेश सुनार, सह–सचिवमा सिद्धार्थ गौतम तथा कोषाध्यक्ष पदमा सुरक्षा श्रेष्ठ चयन भएका छन् ।
यसैगरी, कार्यसमिति सदस्यहरूमा प्रेम थापा, विनीता सुनार, सुरज थापा, सागर ढकाल, सुष्मा नेपाली, अभिनन्दन बजिमय र नारायण पौडेल सर्वसम्मत चयन भएका छन्
अधिवेशनले केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि आशिष पुरी र मिलन थापालाई चयन गरेको संघले जनाएको छ । संघको नयाँ नेतृत्व चयन प्रक्रियामा सबै पदहरूमा सर्वसम्मत सहमति जुटेको थियो ।







