
प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताहरुबीच छलफल जारी छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा अहिले प्रधानमन्त्री कार्कीसँग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले छलफल गरिरहेका छन् ।
पछिल्लो समयमा एकअर्काबीच तिक्तता बढिरहेकाबेला पहिलो पटक प्रधानमन्त्री र दलका नेता आमने-सामने भएका हुन् ।
यस छलफलपश्चात् घोषित मितिमा निर्वाचन सम्भव हुने सम्भावना बढेर गएको छ ।
प्रधानमन्त्री कार्कीले समसामयिक घटनाक्रम, फागुन २१ गते तोकिएको प्रतिनिधिसभाको निर्वाचनजस्ता विषयमा छलफल गर्न तीन शीर्ष नेतालाई बालुवाटार डाकेकी हुन् ।







