पोवि शिक्षण अस्पतालको निर्देशकमा डा. सिपि आचार्य

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशकमा वरिष्ठ छाती रोग विशेषज्ञ डा. चन्द्रप्रसाद आचार्य (सिपि)नियुक्त भएका छन् ।

विश्वविद्यालयले खुल्ला प्रतिस्पर्धाका आधारमा ६ जना प्रतिस्पर्धीलाई पछि पार्दै डा. आचार्यलाई निर्देशकको जिम्मेवारी सुम्पिएको हो ।

उपकुलपति नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले सार्वजनिक गरेको ‘सर्ट लिस्टमा परेका ७ जना उम्मेदवारमध्येबाट डा. आचार्य छनोट भएका हुन् ।

अस्पतालको निर्देशक बन्न आचार्यसहित ७ जना चिकित्सक प्रतिस्पर्धामा थिए ।

स्वास्थ्य विज्ञान संकायका डिन एवं निर्देशक छनोट तथा सिफारिस समितिका संयोजक प्राडा विष्णुराज तिवारी नेतृत्वको समितिले उम्मेदवारहरूको योग्यता र प्रस्तुतीकरणको मूल्यांकन गर्दै डा. आचार्यलाई नियुक्तिका लागि सिफारिस गरेको थियो ।

पोखरा–२१ निवासी नवनियुक्त निर्देशक डा. आचार्यले अब पोखराको ढुंगेपाटनमा सञ्चालनको तयारीमा रहेको १०० शय्याको शिक्षण अस्पतालको नेतृत्व सम्हाल्नेछन् ।

Exit mobile version