प्रतिवादी रिहा हुने भएपछि किशोरीद्वारा अदालतमा आत्महत्याको प्रयास

santan ads

उच्च अदालत पाटनमा एक युवतीले आत्महत्याको प्रयास गरेकी छन् । शुक्रबार अदालतले प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश दिएपछि उनले आत्महत्याको प्रयास गरेको बताइएको छ ।

अधिवक्ता दिनेश लामिछानेका अनुसार आत्महत्याको प्रयास गरेकी युवतीलाई उच्च अदालत पाटन, ललितपुरबाट प्रहरीले उद्धार गरेको छ ।

युवतीको अहिले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइराखेको जनाइएको छ ।

Scroll to Top