एमाले नेतृ शाक्य सक्रिय राजनीतिबाट बिदा

santan ads

नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सक्रिय राजनीति नगर्ने घोषणा गरेकी छिन् ।

७० वर्षे उमेर हदको वकालत गर्दै आएकी शाक्यले केन्द्रीय कमिटीको आजको अन्तिम बैठकमा महाधिवेशनमा कुनै पदमा उम्मेदवार नबन्ने घोषणा गरेकी हुन् । उनले उमेर हदमा फर्किन र अध्यक्ष केपी शर्मा ओलीलाई पनि बिदा हुन आग्रह गर्दै आएकी थिइन् ।

यसअघि युवराज ज्ञवालीले पनि यो महाधिवेशनमा कुनै पदमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । शाक्य र ज्ञवालीले पार्टीमा भने आफ्नो अनुभवका आधारमा सक्रिय रहने बताएका छन् ।

Scroll to Top