उपराष्ट्रपतिमा यादवको उम्मेदवारी कायमै

-


     नयाँ लिपि    
     फागुन २८ गते २०७९ मा प्रकाशित


pk/fi6«klt kbsf nflu ofbjsf] pDd]bjf/L btf{ sf7df8fF}, @& kmfu'gM pk/fi6«klt kbdf hgtf ;dfhjfbL kf6L{ -h;kf_sf] tkm{af6 /fd;xfok|;fb ofbj zlgaf/ ;‹Lo ;+;b ejg gofFafg]Zj/df pDd]bjf/L btf{ u/fpg'x'Fb} . tl:a/ M /Tg >]i7÷/f;;

काठमाडौं, फागुन २८ गते । निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवको उम्मेदवारी कायमै राखेको छ । यादवविरुद्ध परेको उजुरी खारेज गर्दै यादवको कायम गर्ने निर्णय भएको हो ।

फरक लिङ्ग र समुदायकाको हुनुपर्ने अनिवार्य व्यवस्था नभएको ठहर गर्दै निर्वाचन अधिकृत महेश शर्मा पौडेलले उम्मेदवारी कायम गर्ने निर्णय गर्नुभएको हो । उम्मेदवार यादवको उम्मेदवारीमा नेकपा एमाले र जनमत पार्टीबाट दाबी विरोध परेको थियो । 

उहाँले भन्नुभयो, “राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग र समुदायका दुवै हुनुपर्ने अनिवार्य वा बाध्यात्मक व्यवस्था नगरी लिङ्ग र समुदाय फरक हुनुपर्ने गरी संविधान र कानुनी व्यवस्था भएको हुँदा खस आर्य समुदायभन्दा फरक समुदायका पुरुष उम्मेदवार रामसहायप्रसाद यादव उपराष्ट्रपतिको उम्मेदवार हुन अयोग्य भन्न सकिँदैन । उम्मेदवार अष्टलक्ष्मी शाक्य र ममता झाको दाबी विरोधले उजुरी दाबी हुन सक्दैन । त्यसैले उजुरी दाबी बमोजिम रामसहायप्रसाद यादव उपराष्ट्रपति उम्मेदवारको मनोनयन पत्र खारेज गर्नुपर्ने देखिएन ।”

उपराष्ट्रपतिमा एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमतबाट ममता झा पनि उम्मेदवार छन् भने जसपाबाट रामसहायप्रसाद यादव र प्रमीला कुमारी उम्मेदवार बन्नुभएको छ । उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुँदैछ ।