जेनजी सरकारमा पुगे १४ मन्त्री (नामावलीसहित)

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको जेनजी अन्तरिम सरकारमा शुक्रबार चारजना मन्त्री थपिएका छन् । ती चारजना नयाँ मन्त्रीले राष्ट्रपतिको कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शपथ लिएका मन्त्रीहरूमा कुमार इङ्नामलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, माधव चौलागाईंलाई वन तथा वातावरण मन्त्रालय, पूर्वडीआईजी राजेन्द्रसिंह भण्डारीलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र श्रद्धा श्रेष्ठलाई महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी तोकिएको छ।

उनीहरूले शुक्रबार नै सिंहदरबारमा पदभार ग्रहण गरेका छन् । नयाँ चार मन्त्री थपिएसँगै प्रधानमन्त्री कार्की नेतृत्वको मन्त्रिपरिषद् १४ सदस्यीय भएको छ ।

Scroll to Top