world cup football image

विश्वकप २०२६ को ड्र सार्वजनिक,४२ टिमको टुङ्गो, ६ टिमको टुङ्गो प्लेअफबाट

santan ads

पोखरा । पहिलो पटक अबको विश्वकपमा ४८ टिमको सहभागिता रहनेछ । त्यसमध्ये ४२ टिमको निर्णय भइसकेको छ । बाँकी छ टिमका लागि प्ले अफ खेल हुनेछन् ।
अमेरिका, क्यानाडा र मेक्सिकोमा हुने विश्वकप २०२६ को शुक्रबार ‘ड्र’ निकालिएको छ र त्यस अनुसार अर्जेन्टिना, स्पेन र इंग्ल्यान्डले केही सजिलो समूह पाएका छन् । फ्रान्स भने कठिन समूहमा परेको छ ।

पछिल्लो विश्वकपको विजेता अर्जेन्टिनाले अल्जेरियाविरुद्धका खेलसँगै प्रतियोगिताको सुरुआत गर्नेछ ।

सहभागी टिमको समूह विभाजन यस प्रकार रहेको छ ।

समूह ‘ए’ : मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया र युरोपेली प्ले अफ ‘डी’ विजेता

समूह ‘बी’ : क्यानाडा, युरोपेली प्ले अफ ‘ए’ विजेता, कतार र स्विटजरल्यान्ड

समूह ‘सी’ : ब्राजिल, मोरेक्को, हाइटी र स्टकल्यान्ड

समूह ‘डी’ : अमेरिका, पाराग्वे, अस्ट्रेलिया, युरोपेली प्ले अफ ‘सी’ विजेता

समूह ‘ई’ : जर्मनी, क्युरासाउ, आइभरीकोस्ट र इक्वेडर

समूह ‘एफ’ : नेदरल्यान्ड्स, जापान, युरोपेली प्ले अफ ‘बी’ विजेता, ट्युनिसिया

समूह ‘जी’ : बेल्जियम, इजिप्ट, इरान र न्युजिल्यान्ड

समूह ‘एच’ : स्पेन, केप भार्डे, साउदी अरेबिया र उरुग्वे

समूह ‘आई’ : फ्रान्स, सेनेगेल, प्ले अफ फिफा–टु विजेता र नर्वे

समूह ‘जे’ : अर्जेन्टिना, अल्जेरिया, अस्ट्रिया र जोर्डन

समूह ‘के’ : पोर्चुगल, प्ले अफ फिफा –वान, उज्वेकिस्तान र कोलम्बिया

समूह ‘एल’ : इंग्ल्यान्ड, क्रोएसिया, घाना र पानामा

Scroll to Top