
कलाकार सिताराम कट्टेल (धुर्मुस) आज तारेख खेप्न ललितपुर जिल्ला अदालत पुगेका छन् ।
धुर्मुसलाई भरतपुरमा क्रिकेट स्टेडियम निर्माणार्थ लगेको सामानको ५२ लाख रुपैयाँ नतिरेको भन्दै पञ्चकन्या स्टिलले मुद्दा हालेको हो ।
सोही मुद्दाको तारिख खेप्न उनी अदालत पुगेका हुन् ।
धुर्मुसमाथि चितवन जिल्ला अदालत र ललितपुर जिल्ला अदालतमा निर्माणका सामाग्री उधारोमा दिएका आपुर्तिकर्ताहरुकोतर्फबाट १९ वटा मुद्दा दर्ता गरिएको भाई कुमार कट्टेलले जनाका छन् ।
धुर्मुसले तिर्न बाँकी रहेको १८ करोड ४३ लाख रुपैयाँमध्ये पन्चकन्या स्टिल्सलाई तिर्नु पर्ने ५२ लाखको लेनदेन मुद्दाको उजुरी ललितपुर अदालतमा परेको हो ।







