पोखराको विजयपुरमा यातायात आंशिक बन्द (हे. तालिका)

पोखराको विजयपुरमा आज बिहान ६ बजेदेखि यातायात आवतजावत आंशिकरुपमा बन्द हुने भएको छ।

बिहान: ६:०० बजे देखि ८:०० बजे सम्म
दिउँसो: १२:०० बजे देखि २:०० बजे सम्म

उक्त समयमा पोखरादेखि विजयपुर हुँदै तालचोक जाने र सोही रुट हुँदै आउने सवारी साधनहरू पूर्ण वा आंशिक रूपमा बन्द हुनेछन् । यद्यपि, अवस्था हेरेर प्रत्येक ३० मिनेटमा लाइनमा रहेका ट्राफिकलाई क्लियर गर्न सकिने गरी निर्माण कार्य अघि बढाइने आयोजनाले जनाएको छ ।

प्रयोग गर्नुपर्ने वैकल्पिक रुटहरू:

सडक बन्द भएको समयमा यात्रु तथा सवारी चालकहरूको सहजताका लागि आयोजनाले वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ:

१. दुईपांग्रे तथा साना सवारीसाधनका लागि:
बुढीबजारबाट बेलचौतारा हुँदै चाउथे (आउने र जाने दुवैतर्फ) ।

२. ठुला सवारीसाधनका लागि:
पावरहाउस चोक देखि बौमारा हुँदै बिरौटा (आउने र जाने दुवैतर्फ)

Exit mobile version