एनपीएलका दर्शकसँग पार्किङ शूल्क लिएकोमा त्रिविको आपत्ति

santan ads

त्रिभुवन विश्वविद्यालयले कीर्तिपुर क्रिकेट रंगशाला वरपर अवस्थित आफ्नो जग्गामा नेपाल प्रिमियर लिग क्रिकेटका दर्शकबाट पार्किङ शुल्क लिइएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

विश्वविद्यालयले यसरी पार्किङ शुल्क उठाउन कुनै प्रकारको अनुमति वा सम्झौता नगरेको उल्लेख गर्दै त्यो पूर्ण रूपमा अनधिकृत रहेको स्पष्ट पारेको छ।

नेपाल क्रिकेट संघद्वारा सञ्चालित एनपीएल खेल हेर्न आएका दर्शकले प्रयोग गरेका सवारी साधन रंगशाला नजिकै विश्वविद्यालयको जग्गामा पार्किङ गरिएबापत शुल्क उठाइएकोमा विरोध भइरहेको छ।

विश्वविद्यालयले कुनै व्यक्तिलाई वा संस्थालाई यस्तो शुल्क लिन अधिकार नदिएको र आफू अनविज्ञ रहेको जानकारी सार्वजनिक सूचनामार्फत् दिएको छ।

सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख लिली थापाले जारी गरेको सूचनामा सम्बन्धित निकाय र सर्वसाधारणलाई सचेत रहन आग्रह गरिएको छ।

Scroll to Top