नेपाल लाईफ इन्स्योरेन्सको पोखरा र दुलेगौडामा उप–शाखा

पोखरा । जीवन वीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले पोखराको बिरौटामा उप-शाखा संचालनमा ल्याएको छ । ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र नेपाल वीमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख शम्भुप्रसाद मिश्रले उप–शाखाको बिहिबार एक कार्यक्रमबिच उद्याटन गरे ।

यस्तै कम्पनीलेले बिहिबार नै तनहुँको दुलेगौडामा पनि उप-शाखा संचालनमा ल्याएको छ ।

उक्त उप-शाखाको पनि कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले उद्याटन गरेका हुन् । कम्पनीको पोखराको न्युरोडमा सुविधा सम्पन्न प्रादेशिक भवन रहेको छ ।

कम्पनीको सेवा विस्तार गर्ने उदेश्यसहित उप-शाखा विस्तार गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली बताए । ग्रासरुटमा कम्पनीलाई विस्तार गर्ने नीति अन्तरगत उप-शाखा विस्तार गरिएको पराजुलीले स्पष्ट पारे ।

गण्डकी प्रदेशमा कम्पनीको उपस्थिति के छ, अहिले भइरहेको बजार भन्दा पनि नयाँ बजारको खोजी गर्न उनले मातहतका कर्मचारी, प्रतिनिधिलाई निर्देशन दिए ।

कार्यक्रममा नेपाल वीमा प्राधिकरणका गण्डकी प्रमुख शम्भुप्रसाद मिश्र,नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाईटी (निप्स) गण्डकी च्याप्टरका अध्यक्ष बद्री पौडेल,नेपाल लाइफ इन्स्योरेन्स प्रदेश कार्यालय गण्डकीका प्रमुख शहदेव अधिकारी,कम्पनीका आर्थिक विभाग प्रमुख प्रेमप्रसाद रेग्मी,नेपाल लाइफ इन्स्योरेन्स अभिकर्तासंघका केन्द्रीय सदस्य दामोदर सापकोटा लगायतले बोलेका थिए ।

Exit mobile version