दृष्टिविहीन क्रिकेटर विनिता पुनलाई शनिबार उनकै जन्मथलोमा नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले सम्मान गरेको छ।
कास्कीको माछापुच्छ्रे गाऊँपालिका वडा १ निवासी पुनलाई मञ्चका अध्यक्ष एमबी आस्था, पालिका अध्यक्ष मीनबहादुर गुरूङ्ले प्रमाणपत्र र नगदसहित सम्मान गरेको हो।
सम्मानित पुन अन्तर्राष्ट्रिय प्रतियोगितामा शतक प्रहार गर्ने पहिलो खेलाडी हुन्।
पछिल्लो तालिका अनुसार भारत र श्रीलंकामा हुने विश्वकपमा उनी सहभागी हुँदैछिन्।
मञ्चले प्रतिभा सम्मानसँगै वडा ६ स्थित हेम्जाकोट सामुदायिक होमस्टेमा पर्यटन प्रवध्दनार्थ अन्तरक्रियासमेत गरेको छ।
