क्रिकेटमा नेपालले रच्यो इतिहास, भारत ३ ओभरमै ‘अलआउट’

हंगकंगमा जारी हंगकंग सुपर सिक्स क्रिकेतमा भारतलाई हराउँदै नेपालले ऐतिहासिक जित निकालेको छ ।

६ ओभरमा खेलिने क्रिकेटमा १ सय ३९ रनको लक्ष्य पच्छ्याएको भारत ३ ओभरमा मात्र ४५ रन बनाएर अलआउट भयो ।

यससँगै नेपालले भारतमाथि ९२ रनको फराकिलो जीत हात पारेको हो ।

हालसम्म नेपालले भारतमाथि कुनैपनि फम्र्याटको जीत निकाल्न सकेको थिएन ।

भारतीय टोलीमा सिनियर खेलाडी दिनेश कार्तिक, स्टुअर्ट बिन्नी, रोहित उथप्पालगायत सहभागी छन् भने नेपालका सन्दीप जोरा, लोकेश बम, रुपेश सिंह, बसिर अहमद, रसिद खान, आदिल आलम लगायत रहेका छन् ।

Exit mobile version