
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सँग जनार्दन शर्मा र घनश्याम भुसालले भेटवार्ता गरेका छन् ।
नेकपा एकीकृत समाजवादीका महासचिव भुसाल र नेकपा माओवादी केन्द्रका पूर्व-उपमहासचिव शर्मा विप्लवलाई भेट्न ललितपुरस्थित हरिसिद्धीमा पुगेका हुन् ।
आजको बैठकमा वैकल्पिक राजनीति ध्रुवीकरण बनाउने विषयमा सामान्य कुराकानी भएको विप्लवको सचिवालयले जनाएको छ ।
भेटघाटमा तीनैजना नेताले एकै ध्रुवीकरण बनाएर जाने या कसरी जाने भन्ने विषयमा कुरा गरेका थिए।
बैठकबारे जानकारी गराउँदै सचिवालयले भन्यो, ‘राजनीति यात्रा कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भएको छ । यो या त्यो भन्ने कुराको कुनै निर्णय भएको छैन।’







