यूएइमा जारी एक दिवसीय छनौट क्रिकेटमा आजको खेलमा पनी नेपाल अमेरिकासँग पराजित भएको छ।
नेपालले दिएको २७२ रनको लक्ष्य ४८.५ बलमा पुरा गर्दै अमेरिकाले ४ विकेटको जीत निकालेको छ।
जारी शृंखलामा लगातार तेस्रो जित निकालेको अमेरिका लिग २ तालिकाकै शीर्ष स्थानमा यथावत् छ । अमेरिकाको २३ खेलमा ३४ अंक छ ।
नेपाल १९ खेलमा १२ अंकसहित सातौंमा यथावत् छ ।
पहिलो खेलमा नेपालले अमेरिकासँग १०६ रनको हार बेहोरेको थियो । त्यस्तै दोस्रो खेलमा बिहीबार यूएईसँग पराजित भएको थियो ।
