ट्राई सिरिजमा अमेरिकासँग नेपालको दोस्रो हार

santan ads

यूएइमा जारी एक दिवसीय छनौट क्रिकेटमा आजको खेलमा पनी नेपाल अमेरिकासँग पराजित भएको छ।

नेपालले दिएको २७२ रनको लक्ष्य ४८.५ बलमा पुरा गर्दै अमेरिकाले ४ विकेटको जीत निकालेको छ।

जारी शृंखलामा लगातार तेस्रो जित निकालेको अमेरिका लिग २ तालिकाकै शीर्ष स्थानमा यथावत् छ । अमेरिकाको २३ खेलमा ३४ अंक छ ।

नेपाल १९ खेलमा १२ अंकसहित सातौंमा यथावत् छ ।

पहिलो खेलमा नेपालले अमेरिकासँग १०६ रनको हार बेहोरेको थियो । त्यस्तै दोस्रो खेलमा बिहीबार यूएईसँग पराजित भएको थियो ।

Scroll to Top