‘उपभोक्ता अधिकार प्रदेश सरकारको प्राथमिकतामा छ’ – मुख्यमन्त्री पाण्डे

santan ads

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ज्युले उपभोक्ता अधिकार प्रदेश सरकारको प्राथमिकताको विषय भएको बताएका छन् ।

उपभोक्ता हित संरक्षण मञ्च नेपालद्वारा आज आयोजित विद्युत उपभोक्ता अधिकार र हालको कानुनी व्यवस्था सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री पाण्डेले विद्युत सम्बन्धि स्पष्ट अधिकार प्रदेश सरकारलाई नहुँदा काम गर्न समस्या भएको धारणा राखे ।

प्रदेश र स्थानीय सरकारलाई कानुनीरुपमा अधिकार दिएर नागरिकको समस्या समाधान गर्दै उपभोक्ताको अधिकार सुनिश्चित गर्नुपर्नेमा पाण्डेले जोड दिए ।

विद्युत विस्तार र काठेपोल प्रतिस्थापनमा प्रदेश सरकारले प्राथमिकताकासाथ काम गरिरहेको बताउँदै उनले विद्युत प्राधिकरणसँगको सहकार्यमा उज्यालो गण्डकी प्रदेश घोषणाको तयारी गरेको सुनाए ।

उद्योग र प्राधिकरणविचको विवाद समाधान गरेर बन्द कलकारखाना, उद्योगधन्दा तत्काल खोल्नुपर्ने, मजदुररुलाई रोजगारीको ग्यारेन्टी हुनुपर्ने, उपभोग्य बस्तुको मुल्यवृद्धि रोक्नुपर्ने, आपूर्ति सहज हुनुपर्नेमा मुख्यमन्त्रीको जोड रहेको छ ।

Scroll to Top