गण्डकीमा वर्षा र हिमपातको सम्भावना, मौसमी सूचना लिएर हिँडडुल गर्न सुझाव

आज गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा वर्षाकासाथै हिमपातको सम्भावना रहेको मौसम विभागले जनाएको छ ।

विभागका अनुसार गण्डकीसँगै कर्णाली प्रदेश र लुम्बिनी प्रदेश केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको छ ।

‘गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी वर्षा र हिमपातको पनि सम्भावना रहेकोले ती क्षेत्रहरूमा दैनिक जनजीवन, पर्वतारोहण, लगायत कृषि, पर्यटनमा असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ’ विभागले भनेको छ ‘साथै पछिल्लो मौसमी सूचनाको जानकारी लिनुहुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ ।’

Exit mobile version