जेन-जी आन्दोलनमा नवलपरासीबाट फरार पोखराका समिर ससुरालीबाट पक्राउ

santan ads

नवलपरासी कारागारबाट बाट फरार भएका कैदी पाल्पामा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका-२१ का २८ वर्षीय समिर गुरुङ छन्। प्रहरी चौकी प्रभास पाल्पाको टोलीले आइतबार बिहान ३ बजे गुरुङलाई तानसेन नगरपालिका-१० साडीखोलाबाट पक्राउ गरेको हो।

पाल्पा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार गुरुङ ससुराली घरमा लुकिछिपी बसिरहेका थिए। लागुऔषध मुद्दामा कारागार रहेका उनी २४ भदौमा जेन-जी आन्दोलनका क्रममा कारागारबाट भागेका थिए।

पक्राउ परेका गुरुङलाई कारागार कार्यालय पाल्पामा पठाइएको छ।

Scroll to Top