पोखरामा भर्खरै वर्षा भएको छ । साँझ करिब १० मिनेटको वर्षापछि चिसो बढेको छ ।
जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसारआज राति सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
त्यस्तै, कोशी र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
