नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई मंगलबारदेखि नै लागू हुने गरी कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् ।
देउवाले केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको बताएका हुन् ।
उनले खड्कालाई कार्यवाहक सभापति बनाएर आफू थप उपचारका लागि सिंगापुर जान लागेका छन् ।
जेन-जी आन्दोलनका क्रममा कुटपिट हुँदा टाउकोको पछाडि १२ टाँका लगाएर उपचार गरिएका देउवाले पहिलो पटक सार्वजनिक हुँदा आफूले गरेका कामको फेहरिस्त सुनाए ।
उनी उक्त सम्बोधनमार्फत् नै देउवालाई कार्यवाहक सभापति बनाएर आफू सिंगापुर गएर उपचारमा लाग्ने खबर गरिसकेको एकजना केन्द्रीय सदस्यले बताएका छन् ।
जेनजी विद्रोहपछि पहिलोपटक बसेको पार्टीको केन्द्रीय कार्यसमितिको उद्घाटन मन्तव्य राख्दै देउवाले खड्कालाई कार्यवाहक दिएका हुन्।
‘मेरो स्वास्थ्यका कारण म पार्टी उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको रुपमा काम गर्ने गरी तोकेको छु। उहाँले पार्टीको वृहत्तर हितमा काम गर्नुहुनेछ भन्ने मेरो विश्वास छ’, देउवाले भने।
उनले कांग्रेसका नेताहरूलाई सम्बोधन गर्दै सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले दलहरूसँग सहकार्य गर्न नचाहेको देखिएको बताएका छन् ।