मोडिफाइ गरिएको मोटरसाइकलसहित ४ पक्राउ

santan ads

पोखरामा बुलेट र क्रसफायर बाईक मोडिफाई गरि चलाउने ४ जनालाई बाइक सहित प्रहरीले नियन्त्रणमा लिइएको छ ।

मोटरसाईकलको स्वरुप परिवर्तन गराई, ठुलो आवाज निकाली ध्वनी प्रदुषण गर्ने, समाजलाई आतंकित पारेको आरोपमा जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा निम्न व्यक्ति रहेका छन् ।

ग १२ प ९८३२ नम्बरको मोटरसाइकल चालक जिल्ला कास्की पोखरा मनपा १० बुद्दचोक बस्ने वर्ष २१ का सुवास कार्की ।

ग २४ प ४४६६ नम्बरको मोटरसाइकल चालक जिल्ला म्याग्दी मालिका गापा १ स्थायी वतन भई हाल जिल्ला कास्की पोखरा मनपा ३ बस्ने वर्ष २५ का एल्बिन पुन ।

ग १४ प ८३९९ नम्बरको मोटरसाइकल चालक जिल्ला कास्की पोखरा मनपा वडा नं ६ बस्ने बर्ष २६ का सन्जिव दुवाडी ।

ग ९ प ६०१३ नम्बरको मोटरसाइकल चालक जिल्ला कास्की पोखरा मनपा वडा नं ५ प्रस्याङ बस्ने बर्ष २९ का अमृत चापागाई रहेको र थप अनुसन्धान जारी रहेको कास्की प्रहरीले जनाएको छ ।

त्यस्तै, कास्की प्रहरीले त्यस्ता मोटरसाइकल र चालकबारे सूचना दिने व्यक्तिको पुर्णतया गोपनियता कायम रहनेसमेत कास्की बताएको छ ।

Scroll to Top