साढे ४ लाख घुस लिने प्रधानाध्यापक र विचौलिया अख्तियारको फन्दामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शिक्षक नियुक्तिका लागि ४ लाख ५० हजार घुस लिएको भन्दै श्री जय किसान माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक संजय प्रसाद र विचौलिया अरविन्द प्रकाश साह कानुलाई पक्राउ गरेको छ ।

टंगालस्थित अख्यितारबाट खटिई गएको टोलीले सेवाग्राहीबाट घुस/रिसवत वापतको रकम ४ लाख ५० हजार बिचौलिया अरविन्द प्रकाश साहकानुले लिइसकेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

पर्साको वीरगञ्ज महानगरपालिका– १३ अदालत रोडस्थित होटलबाट उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्यितारले जनाएको छ ।

Exit mobile version