प्रहरी बिट निर्माणार्थ मेडिप्लसको नगद सहयोग

पोखराको रानीपौवास्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरले नदीपुरस्थित प्रहरी बिट पुनर्निमाणखातिर २५ हजार ५ सय रुपैयाँ सहयोग गरेको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा वडा ३ का जनप्रतिनिधि, समाजसेवी एवं स्थानीय सहभागी थिए ।

महिला प्रहरीमात्र रहने उक्त बिट जेनजी आन्दोलनकाक्रममा तोडफोड र आगजनी गरिएको थियो ।

३ वर्षअघि स्थानीयको पहलमा आर्थिक संकलन गरी पक्की भवन निर्माण गरिएको बिट पुनर्निमाणमा सामाजिक उत्तरदायित्व बहन हेतु सहयोग गरेको हस्पिटलले जनाएको छ ।

यसअघि हस्पिटलले जिल्ला प्रहरी कार्यालय, कास्कीलाई प्रिन्टर सहयोग गरेको छ ।

कास्की प्रहरीको भवनसमेत आन्दोलनकै दौरान क्षति भएको छ ।

Scroll to Top