क्रिकेट : कुवेतलाई नेपालले दियो १४२ रनको लक्ष्य

नेपालले कुवेतलाई १४२ रनको लक्ष्य दिएको छ । आइसीसी पुरुष टी-२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिता अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउदै १४१ रन बनाएको हो ।

नेपालका लागि कुशल भुर्तेलले ६६ रन बनाएका थिए  । 

त्यस्तै दिपेन्द्र सिंह ऐरीले २० रन जोडे ।  त्यस्तै कप्तान रोहित पौडेलले १६ रन मात्र जोड्न सफल भए  । त्यस्तै आसिफ सेखले २, कुशल मल्लले ४, सन्दीप जोराले ५ र गुलशन झाले ५ बलमा २० रन बनाएका थिए । त्यस्तै सोमपाल कामीले १ र नन्दन यादवले २ रन बनाएका थिए ।

त्यसैगरी कुवेतका बलर नवीनराज राजेन्द्रन र अनुदीप चेन्थामारा २/२ विकेट लिए भने मोहमद अस्लाम र मोहमद आकिफ फारुकले एक एक विकेट लिएका थिए

Exit mobile version