महिला टी–२०ः मलेसियाविरुद्ध ६ विकेटको जीत

कप्तान इन्दु बर्माको सानदार ब्याटिङसँगै नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको छ ।

मंगलबार बिहान मलेसियामा भएको पाँच खेलको सिरिजको चौथो खेलमा नेपालले दोस्रो जित निकालेको हो ।

पहिला ब्याटिङ गरेको मलेसियाले ५ विकेट गुमाएर १११ रन बनाएको थियो ।

जवाफमा इन्दुले ४८ रन बनाएपछि नेपालले ४ विकेट गुमाएर १७.३ ओभरमा जितेको हो । यो जितसँगै नेपालले सिरिजमा २–२ को बराबरी गरेको छ ।

सिरिजको फाइनल खेल भोली हुनेछ ।

Exit mobile version