नेपाली टोलीले आईसीसी टी–२० विश्वकपको छनोटको तयारीस्वरुप भएको वार्मअप खेलमा कतारसमक्ष चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७० रन जोडेको हो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक अर्धशतकीय इनिङको योगदान गरे । उनले ३३ बलमा ५६ रन जोडे ।
विश्वकप छनोटअघि वार्मअप खेल खेलिरहेको नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्दैछ। यसअघि शनिबार भएको ओमानविरुद्धको वार्मअप म्याचमा नेपाल ६ विकेटले विजयी भएको थियो।