जेन-जी आन्दोलनताका भागेका ‘जजक’का २ कैदी स्याङ्जाबाट पक्राउ

गत भदौ २४ गते जेनजी आन्दोलनको मौका छोपेर कारागारबाट फरार भएका दुई जना कैदीबन्दीलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा वालिङ नगरपालिकाका ३५ वर्षीय मदन माझी र बिरुवा गाउँपालिकाका एक बालक रहेका छन्।

प्रहरी निरीक्षक प्रवेश तिवारीका अनुसार, यी दुवै जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई कैद सजाय भोगिरहेका थिए।

माझी काठमाडौंको केन्द्रीय कारागार जगन्नाथदेवलबाट र अर्का बालक पोखरास्थित बाल सुधार गृहबाट फरार भएका थिए।

विशेष सूचनाको आधारमा असोज १९ गते पक्राउ परेका उनीहरूलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला कारागार स्याङ्जा पठाइएको प्रहरीले जनाएको छ।

जेनजी आन्दोलनकाक्रममा विभिन्न कारागारबाट भागेका कैदीबन्दीहरूमध्ये स्याङ्जा प्रहरीले अहिलेसम्म ८ जनालाई पक्राउ गरी कारागार शाखामा चलान गरिसकेको छ।

Scroll to Top