७ दिनभित्र तलब, सुविधा समायोजन गर्ने शर्तमा मणिपालका नर्स काममा फर्किए

santan ads

पोखराको मणिपाल शिक्षण अस्पतालका नर्सले तलब बृद्धिलगायतका माग राखेर सुरु गरेको आन्दोलन टुंगिएको छ ।

अस्पताल प्रशासनले दिएको जानकारी अनुसार आइतबार नर्सहरुले तलब बृद्धिलगायतका माग राखेर अस्पताल परिसरमा धर्ना र नाराबाजी गरेका थिए ।

उनीहरुले तत्काल तलब बृद्धिको माग राख्दै ‘हामी नर्स हौं, मेसिन होइनौ’ भन्दै नाराबाजी गरेका थिए ।

हिजो साँझ भएको वार्तामा प्रशासनकातर्फबाट सहभागी कृष्णमोहन श्रेष्ठले एक साताभित्र तलबलगायतका सुविधा वृद्धिको सहमति भएको जानकारी दिए ।

‘हिजोदेखि बिदा सकिएर काम सुरु भएको हो, हिजो नै नाराबाजी गर्दै तलब बढाइहाल्नु पर्ने माग राख्नु भयो’ श्रेष्ठले भने ‘पछि उहाँहरुसँग १ साताभित्र माग पुरा गर्ने सहमति भएको छ ।’

अस्पताल प्रशासनले भने तलब वृद्धिको चरणमै रहेकाबेला आन्दोलन गरिएको बताउँदै सबै कामहरु चरणबद्ध गरिने जनाएको छ ।

वार्तामा सहभागी नर्स प्रतिनिधिसँग सम्पर्क गर्दा अहिले नाम सार्वजनिक नगर्ने भन्दै एक साताभित्र माग पुरा नभए मिडियासाम प्रस्तुत हुने बताइन् ।

उनका अनुसार करिब ३ सय नर्सहरुले उचित सेवा, सुविधा पाउन नसकेको प्रतिक्रिया दिएकी छिन् ।

‘मेसिनजस्तो काम गर्न त सकिँदैनन नी !’ उनको सटिक भनाई छ ।

Scroll to Top