नेपाल र ओमान आज वार्मअप खेल खेल्दै छ ।
टी–२० विश्वकप एसिया क्षेत्र छनोटका खेलका लागि ओमानमा रहेको नेपालले आज वार्मअप खेल खेल्न लागेको हो । खेल नेपाली समयअनुसार राति ८ः४५ बजे हुनेछ ।
विश्वकप छनोट प्रतियोगितामा यी दुई टोली तुलनात्मक बलिया मानिएका छन् ।
त्यस्तै, नेपालले सोमबार कतारसँग वार्मअप खेल खेल्ने तालिका रहेको छ ।
विश्वकप छनोटका खेल यही ८ अक्टुबरबाट सुरु हुँदै छन् ।
Post Views: 83