पोखराबाट काठमाण्डौं जाने सडक मार्ग अवरोध भएको छ ।
देशका धेरै स्थानमा वर्षा भइरहेकाले सडक खण्डका विभिन्न स्थानमा पहिरो गएकाले यातायात सेवा अवरुद्ध हूँदा पोखरा–काठमाण्डौंबीच सम्पर्क विच्छेद भएको हो ।
यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले ३ दिनकालागि काठमाण्डौं भित्रिने र बाहिरिने सवारीसाधनमा रोक लगाएको छ ।
शनिबार बिहानबाटै नागढुंगा–मुग्लिन सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेकाले यात्रा नगर्न अनुरोध गर्दै प्रहरीले माइकिङ गरिरहेको छ ।
ट्राफिक प्रहरीले अगाडि बढ्न नदिई काठमाडौं फर्कन गरेको सोही अनुरोधलाई मान्दै यात्रुहरु फर्किन थालेका हुन् ।
यता, प्रतिकुल मौसमकाकारण पोखरा–काठमाण्डौंका सम्पूर्ण उडान रद्ध गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
