शिक्षामन्त्री महावीर पुनले भोली आइतबारसम्म विद्यालयका शिक्षकहरुले तलब नपाए प्रधानाध्यापकहरुलाई कारवाही गर्ने चेतावनी दिएका छन् ।
सामाजिक सञ्जालमार्फत चेतावनी दिँदै मन्त्री पुनले विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकले तलब निकासा नगरिदिएको गुनासो पाएको उल्लेख गरेका छन् ।
यस्तो गुनासो आफुले पाएको भन्दै उनले शिक्षा मन्त्रालयले पहिलै तलब भत्ता पठाइसकेको जानकारी दिए ।
‘भोलीसम्म शिक्षकहरुको तलब निकासा नगरे विद्यालयका प्रधानाध्यापकहरुलाई कानून अनुसार कारवाही गरिनेछ’ मन्त्री पुनले भनेका छन् ।
शिक्षकले तलब नपाउनु भनेको ‘नाजायज’ र ‘अन्यायपूर्ण’ हुने मन्त्रीको पुनको ठहर छ ।