भन्नै परे ‘कवाडी वैज्ञानिक मन्त्री’ भन्नुहोला –महावीर पुन

santan ads

हालै शिक्षा, तथा विज्ञान प्रविधि मन्त्रीमा सिफारिश भएका महावीर पुनले आफुलाई ‘मन्त्री’ नभन्न अनुरोध गरेका छन् ।

आज बिहानै सामाजिक सञ्जालमा सन्देश लेख्दै पुनले ‘मलाई कसैले पनि मन्त्री नभन्नु होला, कसैलाई मन्त्री भन्ने साहै्र रहर छ भने कवाडी वैज्ञानिक मन्त्री भन्नुहोला’ भनेका छन् ।

राष्ट्रिय आविष्कार केन्द्रका चेयरम्यान रहेका पुनले आफुलाई खादा, माला लिएर नभेट्न र फोन गर्दै बधाई नदिन पनि अनुरोध गरेका छन् ।

‘बरु यस क्षेत्रमा ५ महिनाभित्र गर्न सकिने ठोस काम र योजना छन् भन्ने ह्वाट्एपमा पठाउनुहोला’ पुनको भनाई छ ।

Scroll to Top