जेनजी आन्दोलनका दौरान नख्खु कारागारबाट भागेका कैदीले श्रीमतीको हत्या गरेको वडाध्यक्ष जयराम केसीले स्थानीय प्रहरीलाई जानकारी दिएका छन् ।
काभ्रेको पनौती नगरपालिका वडा नम्बर १२ गागलका अन्दाजी ३६ वर्षीय सन्तबहादुर तामाङले आफ्नै श्रीमती ३० वर्षीय मनिषा घ्यावा तामाङको हत्या गरेको वडा अध्यक्ष केसीको भनाई छ ।
सन्तबहादुर जेन्जी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका थिए । उनी जवरजस्ती करणीमा जेल परेका थिए ।
इलाका प्रहरी कार्यालय बनेपाको टोली घटनास्थलमा पुग्दै गरेको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिएका छन् ।
हत्यापछि तामाङ फरार रहेको र खोजी सुरु गरिएको छ ।