वसन्तलाल कतिलाको अध्यक्षतामा पोखराको नदीपुरस्थित बाल मन्दिर विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ ।
हालै गठित व्यवस्थापन समितिको सदस्यमा वडा ३ का अध्यक्ष प्रकाशमान उदास, रमणप्रसाद श्रेष्ठ, भरत कतिला, शिव श्रेष्ठ र महेन्द्र गौतम रहेका छन् ।
त्यस्तै, अन्य सदस्यमा डोली थापामगर विक, षडङराज शर्मा घिमिरे रहेका छन् ।
समितिको सदस्य–सचिवमा विद्यालयका प्रधानाध्यापक शुसील बस्नेत चयन भएका छन् ।
समितिका अध्यक्ष कतिलाले विद्यालयलाई थप गूणस्तरीय शिक्षा र सबैको पहुँचमा लैजाने योजना रहेको भन्दै सरोकारवालासमक्ष आवश्यक सहयोगको अनुरोध गरेका छन् ।
वडाध्यक्ष एवं समिति सदस्य उदासले विद्यालयको शैक्षिक उन्नयनमा वडा र व्यक्तिगततर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
