ज्ञानभूमि विव्यस अध्यक्षमा विक्रम उदास

पोखराको नदीपुरस्थित ज्ञानभूमि माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा तेर्सापट्टी निवासी विक्रम उदास चयन भएका छन् ।

समितिका सदस्यमा गौतम उदास, रामेश्वरी हमाल, मधुमान कतिला, मुकेश रौनियार र रुद्रप्रसाद वली रहेका छन् ।

त्यस्तै, समितिमा शिक्षक प्रतिनिधिकारुपमा जीवन बिक रहेको विद्यालयले जनाएको छ ।

अध्यक्षमा चयन भएका उदास जापानीज भाषाका प्रशिक्षकसँगै कानून र बीमा क्षेत्रका ज्ञाता मानिन्छन् भने रेष्टुरेन्ट व्यवसायीसमेत हुन् ।

समाजसेवामा निरन्तर लागेका उदास लायन्स क्लब, परिवार नियोजन संघ, धार्मिक संस्थालगायतमा सक्रिय छन् ।।

Scroll to Top