पोखरा महानगरको सेवा शुरुः ‘सिस्टम स्लो’, राजश्व शाखा व्यस्त

santan ads

पोखरा महानगरपालिकाले आजदेखि विभिन्न स्थानबाट सेवा प्रवाह थालेको छ ।

बुधबारदेखि सेवा दिने सूचना निकालेपनि शोक बिदा परेकाले आजदेखि महानगरले सेवा शुरु गरेको हो ।

महानगरले पोखरा सभागृहमा प्रशासन महाशाखा, भण्डार, तथ्यांक, विपद, उजुरी फछ्र्यौट, अभिलेखीकरण, पञ्जीकरण, लेखा, नगर प्रहरीको कार्यालय स्थापना गरेको छ ।

त्यस्तै, व्यवसाय प्रवद्र्धन केन्द्रमा राजश्व र शहरी विकास महाशाखा स्थापना गरेको छ ।

सेवा प्रवाहको सूचना पाएपछि सेवाग्रहीहरु बिहानैदेखि उक्त कार्यालय पुगेका थिए ।

जेनजी आन्दोलनपछि तहसनहस भएको कार्यालयले सेवा केन्द्र स्थानान्तरण गर्दा कम्प्युटरमार्फत सेवा दिन भने पहिलो दिन केही असहज भएको छ ।

कार्यालय समयको पहिलो सत्र नेटवर्किङमा समस्या देखिँदा कार्यालयले सिस्टम स्लो भएको जानकारी दिएपछि केही सेवाग्राही फर्किएका छन् ।

यद्यपि, अपरान्हदेखि भने काम सुचारु भएकाले अन्यत्र भन्दा राजश्व शाखामा भीड भएको देखिन्थ्यो भने व्यवसाय प्रवद्र्धन केन्द्रमा समेत केही व्यस्तता थियो ।

सेवा लिन नपाएका नागरिकले भने कुनै गुनासो नगरी अहिलेको समयमा महानगरले सेवा सुचारु गर्नु नै तारिफयोग्य भएको प्रतिक्रिया दिएका छन् ।

यता, शान्तिवनस्थित दमकलमार्गमा रहेको महानगरको नयाँ भवनमा प्रमुख र उपप्रमुखको कार्यालय रहेको छ ।

Scroll to Top