कास्कीका एसपी श्यामबाबुको यूनिफर्म लगाएर प्रदर्शन गर्ने युवा समातिए

santan ads

जिल्ला प्रहरी कार्यालय कास्कीको संरचना तोडफोड र आगजनीपछि चोरी र लुटपाटसमेत भएको छ ।

चोरी भएका सामग्रीमा प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाको यूनिफर्मसमेत रहेको थियो ।

यसबीच, प्रहरीले सूक्ष्म निगरानी गरी यूनिफर्म लगाएर प्रदर्शनमा उत्रिएका युवालाई प्रहरीले पक्राउ गरेको छ ।

हाल जिप्रका कास्कीकै हिरासतमा रहेका उनलाई जाल्पारोड आसपासबाट पक्राउ गरिएको हो ।

उक्त युवाकाबारे कास्की प्रहरीले भने कुनैपनि जानकारी दिएको छैन ।

आधिकारिक जानकारी लिन सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतसँग सम्पर्क गर्दा ‘हालसम्म त्यस्तो जानकारी नपाएको’ भनेपनि उनी पक्राउ परिसकेका छन् ।

यसबारे प्रहरी प्रमुख ओलियाले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई मंगलबार जानकारी गराएका छन् ।

Scroll to Top