europa league

च्याम्पियन्स लिग आजदेखि,पहिलोदिन ६ खेल हुने

santan ads

७१औं संस्करणको युरोपेली च्याम्पियन्स लिग फुटबल आजदेखि शुरू हुँदैछ । प्रतियोगितामा आज राति ६ वटा खेल हुँदैछ।

राति साढे १० बजे पीएसभी र युनियन सेन्ट–गिलोसी तथा एथ्लेटिक क्लब र आर्सनल खेल्दैछन् । यस्तै राति पौने १ बजे युभेन्ट्स र बोरुसिया डर्टमन्ड, बेन्फिका र कराबाग एफके, टोटनहम हट्सपर र भिलारियल तथा रियल मड्रिड र मरसेली खेल्दैछन् ।

च्याम्पियन्स लिगमा सबैभन्दा सफल टोली रियल मड्रिडले अहिलेसम्म १५ पटक उपाधि जितेको छ । यस्तै एसी मिलानले ७, बार्यन म्युनिख र लिभरपुलले समान ६, बार्सिलोनाले ५ पटक उपाधि जितेको छ ।

Scroll to Top