पोखरा महानगरपालिकाले एक सूचना प्रकाशन गरी आफु र मातहतका वडा कार्यालयले अत्यावश्यकबाहेकका कुनैपनि सेवा दिन नसक्ने बताएको छ ।
महानगरले हस्तलिखित सूचना जारी गर्दै सेवा दिन असक्षम भएको जनाएको हो ।
‘महानगरको कार्यालय जलेर पूर्ण क्षति भएको र स्थानीय प्रशासनले कफ्र्यू लगाएकाले अर्काे सूचना जारी नभएसम्म सेवा प्रवाह बन्द रहनेछ’ सूचनामा भनिएको छ ।
महानरद्वारा जारी सूचनामा प्रशासकीय अधिकृतले हस्ताक्षर गरेका छन् ।