जेनजी आन्दोलनको हुलमुलबाट कास्की कारागार ब्रेक भएपछि त्यहाँबाट भागेकामध्ये ३ कैदी समातिएका छन् ।
कास्कीबाट भागेर बागलुङतर्फ जाँदै गर्दा उनीहरुमालढुंगा चेकपोष्टबाट बुधबार समातिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
बागलुङ प्रहरीले उनीहरुलाई त्यही थुनामा राख्ने बताउँदै परिस्थिति अनुकुल भएपछि कास्की पठाइने बताएको छ ।
प्रहरीले पक्राउ परेका कैदीहरुको नाम भने खुलाएको छैन ।