नेसपा बाबुरामका मन्त्रीले दिए राजीनामा

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)बाट गण्डकी प्रदेशमा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनेका फणिन्द्र देवकोटाले पदबाट राजीनामा दिएका छन्।

जेनजी पुस्ताले सोमबार आयोजना गरेको भ्रष्टाचार विरोधी प्रदर्शनमा सरकारले अत्यधिक दमन गरेको भन्दै देवकोटाले राजीनामा दिएका हुन्।

गण्डकीमा नेपाली कांग्रेस र एमालेको गठबन्धन सरकार बनाउँदा देवकोटा कांग्रेसको कोटाबाट मन्त्री बनेका थिए।

Scroll to Top