बाघमारा महोत्सव सुरु

लेखनाथ । पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको बाघमारामा विहिवारदेखि महोत्सव सुरु भएको छ ।

स्थानीय शुभतारा युवा क्लबको आयोजनामा सुरु भएको महोत्सव सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्ने, विभिन्न समुदाय र जनजातिहरूलाई एकै मञ्चमा ल्याएर आपसी समझदारी र सहकार्य बढाउँने तथा स्थानीय उत्पादन, हस्तकला, परिकार र पर्यटन गतिविधिलाई बजारसँग जोड्ने उद्देश्य रहेको आयोजकले बताए ।

महोत्सवमा विभिन्न बस्तु तथा सेवाका स्टलहरुका साथै महोत्सवमा फेन्सी, गार्मेन्ट, भाँडा,कृर्षि,बैक बित्तिय, रेष्टुरेण्ट लगायतका१०० बढी स्टलहरु रहेका छन् ।

रत्यौली तर्फ २४ समूह रहेका छन् भने विद्यालयस्तरीय नृत्य समेत रहने आयोजकले जनाए ।

शुभतारा युवा क्लब सामाजिक, सांस्कृतिक तथा युवकहरूमा चेतना प्रवद्र्धन गर्न २०७० साल स्थापित संस्था हो। भदौ १९ देखि सुरु भएको महोत्सव ३० गतेसम्म सञ्चालन हुने भएको छ ।

Exit mobile version