पोखरा पोखरा । रंगशालामा जारी विद्यालयस्तरीय यु १४ फुटबल प्रतियोगिताको छात्रतर्फ सेमीफाइनल समिकरण सकिएको छ ।
कास्की जिल्ला फुटबल संघको आयोजनामा जारी एन्फा यु–१४ विद्यालयस्तरीय छात्र÷छात्रा फुटबलको छात्रतर्फ शिशु कल्याण, शैनिक आवासिय, सोसल पब्लिक र गण्डकी बोर्डिङ सेमिफाइनलमा प्रवेश गरेको हो ।
बुधबार भएको क्वाटरफाइनल खेलमा शिशु कल्याण माविले फिस्टेल एकेडेमीलाई ५–० को फराकिलो गोलअन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो ।
सैनिक आवासिय महाविद्यालयले कालिका माविलाई ४–० ले पाखा लगायो । यस्तै गण्डकी बोर्डिङले हेमजा बोर्डिङलाई २–१ ले हराउँदै अन्तिम चारमा स्थान बनायो । अन्तिम क्वाटरफाइनल खेलमा सोसल पब्लिकले बालकल्याणलाई ५–२ ले पराजित गर्यो ।
उता छात्रातर्फ लिग चरणको खेलमा शान्तिदिपले सेन्ट मेरिजलाई १–० ले हरायो । दोस्रो खेलमा सैनिक आवासिय महाविद्यालयले सोसल पब्लिकलाई ६–० ले हरायो ।
प्रतियोगितामा भोलि छात्रा तर्फ लिगचरणको अन्तिम खेलहरु तथा छात्रतर्फ सेमिफाइनलका खेल हुनेछन् । सेमिफाइनलमा शिशु कल्याण र सैनिक तथा सोसल पब्लिक र गण्डकी बिच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा छात्रा तर्फ ६ र छात्र तर्फ २४ विद्यालयले सहभागिता जनाएका छन् । भदौ १२ गतेदेखि सुरु प्रतियोगिता २० गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा छात्र तर्फ विजेताले नगद ५० हजार, उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्ने कास्की जिल्ला फुटबल संघले जनाएको छ । छात्रा तर्फको विजेताले नगद २० हजार र उपविजेताले १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने संघले जनाएको छ ।