ठगी मुद्दाकी सरितालाई यूएइबाट पक्राउ गरी नेपाल ल्याइयो

इन्टरपोलद्वारा रेड नोटिस जारी गरिएकी ठगी मुद्दाकी फरार प्रतिवादी सरिता घर्ती मगर युएईबाट पक्राउ परेकी छन्।

रूपन्देही, बुटवल उपमहानगरपालिका-१ घर भएकी मगरलाई आइतबार नेपाल ल्याइएको हो।

उनीविरुद्ध २०८० माघ १ गते इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएको थियो। एनसिबी काठमाडौंको अनुरोधमा अन्तर्राष्ट्रिय स्तरमा उनको खोजी गरिएको थियो।

नेपाल प्रहरी प्रधान कार्यालय, इन्टरपोल शाखाका अनुसार मगरलाई थप अनुसन्धान र कारवाहीका लागि इलाका प्रहरी कार्यालय इटहरी, सुनसरीलाई बुझाइनेछ।

Exit mobile version