रमेश भुसालको ‘छालबाटो’लाई पद्यश्री

यस वर्षको पद्मश्री साहित्य पुरस्कार रमेश भुसालको कृति छालबाटोलाई प्रदान गरिने भएको छ।

खेमलाल हरिकला लामिछाने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले नेपाली साहित्यका दुई सय तीनवटा पुस्तकमध्ये चयन समितिको सिफारिसअनुसार छालबाटोलाई पुरस्कार प्रदान गर्ने निर्णय भएको जानकारी दिए।

छालबाटोले कैलाश मानसरोवर हुँदै तिब्बतस्थित कर्णालीको उद्गम र भारतको गङ्गासम्मको यात्रामा कर्णालीको प्रवाह, सीमा सुरक्षा, स्थानीय बस्ती, जलवायु परिवर्तन, वन्यजन्तु, जलविद्युत् र विस्थापनजस्ता गम्भीर विषयलाई नियात्रामार्फत जीवन्त रूपमा समेटेको प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानले २०६३ सालदेखि नेपाली साहित्यको उत्कृष्ट कृतिलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आइरहेको छ।

Exit mobile version