नेपाल उपाधि होडबाट बाहिरियो

दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–१७ महिला च्याम्पियनसिपमा आज भएको खेलमा नेपाल बंगालादेशसंग पराजित भएको छ । नेपाल बंगालादेशसंग ४–१ गोलले पराजित भएको हो ।

नेपाल साफ महिला यू–१७ च्याम्पियनसिपको उपाधि होडबाट बाहिरिएको छ। नेपालले ४ खेलबाट ३ अंक मात्रै जोड्न सफल भयो।

नेपाल पहिलो खेलमा भारतसँग ८–० ले पराजित भएको थियो। नेपालले भुटानसँग २–१ गोल अन्तरको जित निकालेको थियो भने बंगलादेशसँग ३–० गोलले पराजित भएको थियो।

भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा आज (बुधबार) सम्पन्न खेलमा बंगलादेशलाई जित दिलाउन सौरभी अखण्ड प्रीतिले ह्याट्रिक गर्दा र थुनुए मार्माले एक १ गोल गरिन।

नेपालका लागि कप्तान भूमिका बुढाथोकीले १ गोल गरिन । खेलको ३८ मिनेटमा थुनुएको गोलमार्फत बंगलादेशले पहिलो अग्रता लिइन्। खेलको ४४औँ मिनेटमा प्रीतिले टोलीको अग्रता दोब्बर बनाइन्। खेलको ७१औँ मिनेटमा प्रीतिले दोस्रो गोल गरिन्। प्रीतिले खेलको ८६औँ मिनेटमा ह्याट्रिक पूरा गरिन्।

जितसँगै बंगलादेशले ४ खेलबाट ९ अंक पुर्‍याएको छ। एक खेल कम खेलेको भारतको पनि समान ९ अंक छ।

Exit mobile version