पोखरा । लायन्स क्लब अफ पोखरा अन्नपुर्णको अध्यक्षमा सुकल्याण पराजुली चयन भएका छन् । पराजुली लायन वर्ष २०२५-२०२६ का लागि अध्यक्षमा चयन भएका हुन् ।
निर्वाचित नयाँ कार्यसमितिको पदस्थापनमा २५औ छात्रवृत्ति वितरण सगै क्लबको पहलमा खाने पानी योजना सम्पन्न भएका ४४ विद्यालयका प्रधानाध्यापकहरुलाई सम्मान गरिएको थियो ।
निर्वाचित अध्यक्ष पराजुलीलाई क्लबका निवर्तमान लायन वर्ष २०२४÷२०२५ का अध्यक्ष गणेशलाल श्रेष्ठले पद हस्तान्तरण गरेका थिए ।
पदभार ग्रहण पछि अध्यक्ष पराजुलीले क्लबले नेपालमा मात्र नभएर बिश्वकै लायन्सहरु माझ एक पृथक परिचय बनाउन सफल भएको बताउदै लायन्सको “हामी सेवा गर्छौ” भन्ने मुल मन्त्रलाई आत्मसाथ गदै आफनो कार्यकालयमा कर्णाली प्रदेशका लायन्स क्लबसंगको भगिनी संबन्ध मार्फत राउटे बस्ती सम्म सेवा पुर्याउने प्रतिवद्धता जनाएका छन ।
कार्यक्रममा निर्वाचित अध्यक्ष पराजुली र सृर्य बराललाई डिस्ट्रिक्ट ३२५ जेका सचिव पुर्षोतम बस्नेतले डिजी मेडल प्रदान गरेका थियो ।
क्लबका पूर्व अध्यक्ष गणेशलाल श्रेष्ठ,मल्टिपल डिस्ट्रिक्ट काउन्सिल चेयर पर्सन मिलन थापा एंव फस्ट पर्सन पुर्व गभर्नर ध्रुव थापा,पदस्थापन अधिकृत तथा डिस्ट्रिक्ट ३२५जे नेपालका डिस्ट्रिक्ट गभर्नर लायन मिलन बाबु मल्ल, मल्टिपल कोअर्डिनेटर पुर्व गभर्नर लायन योगेन्द्रलाल प्रधान,यु, डिस्ट्रिक्ट ३२५ जे नेपालका भाईस डिस्ट्रिक्ट गभर्नर लायन प्रजापती बास्तोला,डिस्ट्रिक्ट ३२५ जे रिजन ५ का प्रमुख तथा क्लबका पुर्व अध्यक्ष तथा पदस्थापन कार्यक्रमका संयोजक लायन दिनेश तुलाचन, चिप एडभाईजर कृष्ण प्रसाद शर्मा, सम्मानीत प्रधानाध्यापक स्याङजा फेदिखोलस्थित चण्डीका माविका अमृत शेरचन, छात्रवृत्ती पाएकी विद्यार्थी लमजुङकी कल्पना क्षेत्री लगायतले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।