असोजभित्र स्वास्थ्य बीमा नवीकरण नगरे अतिरिक्त शूल्क लाग्ने –बीमा बोर्ड

santan ads

स्वास्थ्य बीमा बोर्डले बीमित परिवारलाई आगामी असोज मसान्त (२०८२ असोज ३१ गते) भित्र स्वास्थ्य बीमा नवीकरण गर्न आग्रह गरेको छ।

तोकिएको समयमा नवीकरण नगरे अतिरिक्त शुल्क लाग्ने भएकाले बोर्डले सचेत गराएको हो।

बोर्डका अनुसार, यसअघि स्वास्थ्य बीमा गरेका तर नवीकरण नगरेका सम्पूर्ण बीमितहरूले विसं २०८२ असोज मसान्तसम्म नवीकरण गरेमा एकपटकका लागि कुनै अतिरिक्त शुल्क लाग्ने छैन।

बीमा नवीकरण ई-सेवा, कनेक्ट-आइपिएस, खल्ती वा दर्ता सहयोगीमार्फत सजिलै गर्न सकिने व्यवस्था मिलाइएको छ।

नवीकरणमा ढिलाइ गरे लाग्ने अतिरिक्त शुल्क:

बोर्डले निर्धारण गरेअनुसार, तोकिएको म्यादपछि नवीकरण गर्दा बीमितले निम्नअनुसार अतिरिक्त शुल्क तिर्नुपर्नेछ:

  • तीन महिनाभित्र नवीकरण गर्दा योगदान रकममा १० प्रतिशत थप।
  • छ महिनाभित्र नवीकरण गर्दा योगदान रकममा ३० प्रतिशत थप।
  • एक वर्षभित्र नवीकरण गर्दा योगदान रकममा ५० प्रतिशत थप।
  • एक वर्षपछि नवीकरण गर्दा योगदान रकममा १०० प्रतिशत थप।
  • दुई वर्षपछि नवीकरण गर्दा योगदान रकमको तीन गुणा।
  • तीन वर्षपछि नवीकरण गर्दा योगदान रकमको चार गुणा।

बोर्डले बीमित परिवारलाई समयमै बीमा नवीकरण गरी स्वास्थ्य सुरक्षामा निरन्तरता दिन अनुरोध गरेको छ।

Scroll to Top